नेप्सेमा अपर लोहोरेखोला हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 11:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ ।  आज आइतबार कम्पनीको ५० लाख ५८ हजार ४० कित्ता कित्ता शेयर सुचिकृत भएको हो ।

 आज आइतबार शेयर सुचिकृत भएसंगै असोज ८ गते सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ९७.८७ रुपैयाँ देखि २९३.६१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  ULHC सिम्बलबाट कारोबार हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved