नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सुचिकृत भएको छ ।
आज नेप्सेमा कम्पनीको २५ प्रतिशतले हुन आउने १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।