
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मनकामना इन्जिनियरिंग हाइड्रोपावर लिमिटेड शेयर सुचिकृत भएको छ । आज आइतबार कम्पनीको ८० लाख ५८ हजार ४० कित्ता कित्ता शेयर सुचिकृत भएको हो ।
आज आइतबार शेयर सुचिकृत भएसंगै असोज ८ गते सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७४ रुपैयाँ देखि २२२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको MEHL सिम्बलबाट कारोबार हुने छ ।