कुन मूल्यमा भयो मनकामना इन्जिनियरिंग र अपर लोहोरे खोला हाइड्रोको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 10:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मनकामना इन्जिनियरिंग हाइड्रोपावर लिमिटेड र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी  शेयर कारोबार सुचारु भएको छ ।  आज सोमबार स्पेसन प्रि ओपन सेसनमा यी कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

मनकामना इन्जिनियरिंगको पहिलो कारोबार पहिलो कारोबार प्रति कित्ता २२२ रुपैयाँमा भएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ७४ रुपैयाँ देखि २२२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  MEHL सिम्बलबाट कारोबार हुने छ ।  

त्यस्तै अपर लोहोरे खोला हाइड्रोको पहिलो कारोबार प्रति कित्ता २९३ रुपैयाँमा भएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ९७.८७ रुपैयाँ देखि २९३.६१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  ULHC सिम्बलबाट कारोबार हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved