नेप्सेमा आईपुग्यो धितोपत्र बोर्डले सोधेको स्पष्टिकरण पत्र, सीइओ विदेश हुँदा खोलिएन खाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 11:43:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई सोधेको स्पष्टिकरण पत्र नेप्सेमा आईपुगेको छ । तर नेप्सेका प्रमुख कार्यकारी अधिकृत देश बाहिर रहेकोले सो पत्र भने नेप्सेले खोलेको छैन 

धितोपत्र बोर्डको असोज २ गते बसेको संचालक समितिको बैठकले नेप्सेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । नेप्सेमा असोज ७ गते आइतबार 'अति गोप्य' र 'जरुरी' लेखिएको खाममा बोर्डबाट पत्र आएको नेप्सेका एक अधिकारीले बताएका छन् । संचारमाध्यममा बोर्डले नेप्सेलाई स्पष्टिकरण सोधेको समाचार आएको र बोर्डबाट  'अति गोप्य' र 'जरुरी' पत्र आएपछि सो पत्र नै स्पष्टिकरण पत्र भएकोमा नेप्सेका अधिकारीहरुले बताएका छन् 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की हाल देश बाहिर छन् । उनी नफर्किएपछि उनैले नै सो खाम खोल्ने र स्पष्टिकरणको जवाफ दिइने नेप्सेका एक उच्च अधिकारीले बताए । सीइओ कार्की बर्मुडा गएका हुन् । वल्ड फेडेरेसन अफ एक्सचेन्जले बर्मुडामा आयोजना गरेको 'Global Meeting of Exchange & Clearing Leaders' कार्यक्रममा सहभागी हुन सीइओ कार्की बर्मुडा गएका हुन्  । नेप्सेका अध्यक्ष भुपाल बराल पनि सोहि कार्यक्रममा भाग लिन गएका छन् । सो कार्यक्रम सेप्टम्बर १९ देखि २१ तारिखसम्म हुने भनिए पनि सेप्टम्बर २७ तारिख भइसक्दा पनि उनीहरु फर्किएका छैनन् । उनीहरु यसै साता फर्कने बताईएको छ ।

के विषय बोर्डले सोधेको हो स्पष्टिकरण ?

बोर्डले नेप्सेलाई लगानीकर्ताको सेयर कारोबारसम्बन्धी व्यक्तिगत विवरण वाइको कम्पनीको पहुँचमा पुग्न दिएकोबारे स्पष्टिकरण सोधेको बोर्ड स्रोतले जनाएको छ । वाईको मार्फत एउटा निजी कम्पनीलाई दोस्रो बजारको सबै तथ्यांकमा पहुँच भएको बारे बोर्डले स्पष्टिकरण सोधेको बताईएको छ। हाल ब्रोकरहरुले प्रयोग गर्ने कारोबार व्यवस्थापक प्रणाली (टिएमएस) वाईकोले नै बनाएको र शेयर कारोबारको लागि प्रयोग गरिने नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) पनि वाईकोले बनाएको हो। दुवैको संचालन पनि वाईकोले नै गर्दै आएको छ । यस्तो अवस्थामा शेयर लगानीकर्ताको सम्पूर्ण विवरण वाईको नामको निजि कम्पनीको हातमा पुगेको भन्दै बोर्डले नेप्सेलाई स्पष्टिकरण सोधेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved