नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 03:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।  आज बुधबार कम्पनीको ३  करोड ७५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

 आज बुधबार शेयर सुचिकृत भएसंगै असोज १४ गते आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  CLI सिम्बलबाट कारोबार हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved