ब्रोकर कम्पनीका कर्मचारीलाई तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 07:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लि. को आयोजनामा स्टक व्रोकर कम्पनी कृष्ण सेक्युरिटिज् लिमिटेड (ब्रोकर नं. २८) का कर्मचारीहरुलाई तालिम प्रदान गरिएको छ। ईन्स्टिच्युटले असोज ११ र १२ गते श्री कृष्ण सेक्युरिटिज्मा कार्यरत कर्मचारीहरुलाई तलिम  दिएको हो ।

उक्त तालिममा पहिलो दिन इन्टरनेशनल कर्पोरेट ट्रेनर मानुषी अग्रवालले ग्राहकहरु संगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने दोस्रो दिन एचआर ट्रेनर विकाश लामाले कर्मचारी र संगठनको सम्बन्ध,कर्मचारीको उत्प्रेरणा , बिकाश र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भुमीकाको बारेमा छलफल गरेका थिए । तालिममा १८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुको वृति विकास नै प्रमुख उद्देश्य भएकाले सम्वन्धीत संस्थाहरुसंग समन्वय गरि यस ईन्स्टिच्युटले आगामि दिनहरुमा यस प्रकारका तालिमलाई निरन्तरता दिने जनाएको छ। नेपालको पुँजीवजार संग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृतीविकासमा महत्व पुर्ण योगदान गर्ने उद्देश्यका साथ  ईन्स्टिच्युटको स्थापना भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved