नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डको एजीएम आह्वान, पहिलो वर्ष मै लाभांश वितरण गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 09:09:56 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल इक्विटी फण्डले प्रबर्दन गरिरहेको  ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ ले साधारणसभा आह्वान गरेको छ। कम्पनीको रुपमा रहेको यस फण्डले मङ्सिर ६ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।

यस फण्डले संचालनको पाँच महिनामै मुनाफा हासिल गरेको छ । साथै पहिलो वार्षिक साधारणसभा बाट नै लाभांश वितरण गर्ने भएको छ । कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट तत्काल जारी पुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ। 

त्यस्तै साधारणसभाको अन्य प्रस्तावमा संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने, संचालकको भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छ। 

 ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ को आकार १५० करोड रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ र अन्य इन्स्योरेन्स कम्पनीहरुसँग लगानीको लागि आह्वान गरिएको छ । यस फण्डमा वैदेशिक लगानी पनि भित्राउने योजना छ । यस फण्डले स्थापना भईसकेका कम्पनीमा मात्र लगानी गर्दछ र संचालनको पाँच महिनामै मुनाफा हासिल गरेको छ । 

 हाल  ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फण्ड’ ले ५ वटा कम्पनीमा लगानी गरेको छ । हाल यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई र उर्जा इम्याक्ट फण्डमा लगानी गरेको छ ।  नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड पब्लिक कम्पनीको रुपमा रहेको छ र निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved