नेप्सले प्रिमियममा शेयर जारी गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 08:46:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २३ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश पारित गर्ने, प्रिमियममा शेयर निष्काशन गर्ने प्रस्ताव पारित गार्ने, मर्जर तथा प्राप्तिको अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

साधारणसभामा आर्थिक बर्ष २०७९/८० को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने, आर्थिक बर्ष २०८० / ८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने साधारण प्रस्ताव पेश हुने छन् ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम २० % बोनश शेयर र १.०५३% नगद लाभांश स्वीकृत गर्ने , संचालक समितिले प्रिमियममा शेयर जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्ने र सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, जारी र चुक्ता पुँजीमा वृद्दि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न / गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दावित्व तथा कारोवारको मुल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ती गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved