सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 08:21:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागी कार्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

बैंकले मङ्सिर ५ गते काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजेको लागि सभा आह्वान गरेको छ।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

 यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७९/८० को संचालक समितिको २२ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी सो लाई पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपुंजी (इक्विटी) मा भएको परिवर्तनको विवरण र तत् सम्बन्धी अनुसूचीहरु खलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी "सिद्धार्थ क्यापिटल लिमिटेड को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारित गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ बमोजिम बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस. ए. आर. एसोसिएट्स, चार्टड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)

५. बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/- (अक्षरेपी चौध जर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) को ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६/- (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकले आ.व. २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको वर्षलाई अनुमोदन गर्ने।

२. सिद्धार्थ बैंक लि. र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger), बैंकले अर्को कुनै उपयुक्त संस्थालाई प्राप्ती (Acquisition) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याइन (Due Diligence Audit DDA ) गर्न मान्यता प्राप्त मूल्याङ्गनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने (Merger and Acquisition) सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पुरा गरी सो मा हस्ताक्षर गर्ने लगायत मर्जर तथा एक्वीजिसन तथा वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved