'नेप्से बुल्स' नामको ट्रेडमार्क दर्ताबारे उद्योग विभागसँग जानकारी माग्दै नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 03:05:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'नेप्से बुल्स' नामक व्हिस्कीको ट्रेडमार्क दर्ताको विषमा उद्योग विभागसँग जानकारी माग गर्ने भएको छ । नेप्सेले विभागलाई पत्राचार गरेर के आधारमा सरकारी स्वामित्वको निकायको नाम रहेको ट्रेड मार्क दर्ता गरिएको भन्दै जानकारी माग गर्ने तयारी गरेको हो।

नेप्सेका एक उच्च अधिकारीका अनुसार 'सरकारी स्वामित्वको संस्थानको नाम रहने गरि कुनै निजि कम्पनीलाई ट्रेड मार्क दिन मिल्ने हो कि होइन, कुन कुन कानुनी आधारमा टेकेर नेप्से बुल्स नामक ट्रेड मार्क दर्ता गरिएको हो, सरकारी संस्थानको नाम रहने गरि ट्रेड मार्क दिन मिल्ने हो कि होइन, कुन प्रक्रिया अनुसार दिइएको हो' लगायतका विषयमा नेप्सेले जवाफ माग गर्ने तयारी गरेको हो।

बाहिर आएजस्तो 'नेप्सेले स्पष्टिकरण सोध्ने , निर्देशन दिने' जस्ता कार्य भने गर्न नमिल्ने ति अधिकारीले बिजपाटीलाई बताए । ति अधिकारीका अनुसार उद्योग विभाग नेप्से भन्दा ठूली निकाय भएकोले स्पष्टिकरण सोध्न,वा निर्देशन दिन मिल्दैन । सोहि कारण विभागसँग जानकारी माग गरिने भएको हो ।

नेप्सेले यस अघि नेप्से बुल्स नामक ट्रेड मार्क लिएको कम्पनी सागर डिस्टिलरी प्रालीलाई पनि के कसरी ट्रेड मार्क लिएको भन्दै जानकारी माग गरेको थियो । जवाफमा कम्पनीले उद्योग विभागको कानुनको अधिनमा रही सम्पूर्ण सरकारी प्रक्रिया पुरा गरेर नियमसम्मत ट्रेड मार्क दर्ता गरेको जवाफ नेप्सेलाई पठाएको थियो ।

सागर डिस्टिलरी प्रालीले नेप्से बुल्स नामको ट्रेड मार्क दर्ताको लागि २०७९ चैत्र १५ गते उद्योग विभागमा आवेदन दिएको थियो। उद्योग विभागले २०८० असार ८ गते दावी विरोध गर्ने मौका सहित सूचना प्रकाशन गरेको थियो । सूचनामा कुनै दावी विरोध भए आफ्नो आधार प्रमाण समेत संलग्न राखी ९० दिन भित्र विभागमा उजुरी दिन आग्रह गरेको थियो । अन्यथा ट्रेडमार्क दर्ता भै जाने सूचनामा उल्लेख थियो । सो अवधिमा दाबी विरोध नपरेपछि विभागले नेप्से बुल्स नामको ट्रेड मार्क (लोगो र अक्षर) सहित सागर डिस्टिलरी प्रालीको नाम गरिदिएको हो ।

ट्रेड मार्क पाएपछि सागर डिष्टिलरी लिमिटेडले असोज १५ गते 'नेप्से बुल्स' व्हिस्की बजारमा ल्याएको थियो । कम्पनीले  ७५० मिलिलिटरको प्याकमा ह्विस्की बजारमा ल्याएको हो । 

सागर डिष्टिलरीका अध्यक्ष सन्दिप जलान हुन् । उनी ब्रोकर समेत हुन् । उनले ह्विस्कीको प्रचारको लागि पुँजीबजारका चर्चित लगानिकर्ताहरुको फोटो सुट समेत गराएका थिए। दिपेन्द्र अग्रवाल, अम्बिका पौडेल , अतितलाल श्रेष्ठ, छोटेलाल रौनियार, लगायतले यसको फोटो सुट गरेका थिए। सागर डिष्टिलरीले जारी पुजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ पनि निष्काशन गर्न लागेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved