धितोपत्र बोर्डद्वारा ८८ कम्पनीलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 04:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ८८ वटा सुचिकृत कम्पनीलाई कारवाही गरेको छ । धितोपत्र बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बोर्डले त्यस्ता कम्पनीहरुलाई  ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो । साथै बोर्डले ति कम्पनीहरुलाई  वित्तीय विवरण नबुझाएको तथा ढिलो बुझाएको विषयमा स्पष्टिकरण पनि सोध्ने निर्णय गरेको छ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा  सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ। धितोपत्र बोर्डले  एकै पटक यदि धेरै सुचिकृत कम्पनीलाई कारवाही गरेको यो नै पहिलो पटक हो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved