उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मङ्सिर ८ गते शुक्रबार बिहान एफपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको हो ।