अझै किन सुचिकृत भएन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर? यसो भन्छन् सीइओ भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 04:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

साविकको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु भएको ४ महिना भन्दा बढी समय भईसकेको छ । असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार सुरु गरेको हो।

तर एकिकृत कारोबार सुरु भएको ५ महिना लाग्दासम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको शेयर सुचिकृत भएको छ। शेयर सूचीकरण नहुँदा साविकका प्रभु लाइफ इन्स्योरेन्सका शेयरधनीहरु शेयर कारोबार गर्नबाट बन्चित भएका छन् । 

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा एकिकृत कारोबारपछि बढी १५ दिन मात्र शेयर कारोबार रोक्का गर्न सकिने व्यवस्था छ। निर्देशिकामा एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्ने/ गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्न सम्बन्धित संगठित संस्थाले धितोपत्र बजार समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ। अर्थात् १५ दिनपछि शेयर सुचिकृत भएर कारोबार खुला हुनु पर्नेमा अझै पनि कम्पनीको शेयर कारोबार रोक्का रहिरहेको छ । 

के भन्छ कम्पनी ?

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई नेप्सेमा सुचिकृत भएको कम्पनी र नेप्सेमा सुचिकृत नभएको कम्पनीबीच मर्जर भएकोले प्रक्रियागत कारणले केहि ढिलाई भएको बताए। उनले धितोपत्र दर्ताको धितोपत्र दर्ता शुल्क वापतको ४२ लाख रुपैयाँ बुझाईसकिएको बताए ।  सुचिकृत र सुचिकृत नभएको कम्पनीको मर्जर भएकोले केही विषयमा नीतिगत निर्णय गर्नु पर्ने कारणले ढिलाई भएको जानकारी धितोपत्र बोर्डले दिएको उनले बताए । बीचका दशैँ तिहार लगायतका विदाका कारणले पनि ढिलाई भएकोले अब साताको भित्र शेयर सूचीकरण भईसक्ने सीइओ भट्टराईले जानकारी दिए । प्रक्रियागत विषयमा निर्णय भईसकेको र बोर्डले मागेको कागजात समेत बुझाईसकेकोले धितोपत्र बोर्डले दर्ता गर्ना साथ नेप्सेमा शेयर सूचीकरण गरिने सीइओ भट्टराईले जानकारी दिए । 

साविकका प्रभुका लगानीकर्ताले शेयर बिक्री गर्न नपाएकोले आफुहरुले सर्वसाधारण शेयर मात्र भए पनि कारोबारको खुलाउने व्यवस्था गर्न आग्रह गरेको भए पनि बोर्डले सबै शेयर आगामी साताभित्र दर्ता गर्ने जानकारी दिएको उनले उल्लेख गरे ।  अब आउने साताभित्र शेयर सूचीकरण हुने विश्वास सीइओ भट्टराईले व्यक्त गरेका छन् ।  साविक महालक्ष्मी लाइफको आईपीओ निष्काशन नभएको हुनाले कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन प्रिमियम मूल्यमाएफपीओ जारी गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved