सर्वोत्तम सिमेन्टको आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 09:20:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले निष्काशन गरेको आईपीओआ क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्ताले आवेदन दिने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर ६ गतेबाट बुक बिल्डिङ विधिमार्फत्  पहिलो चरणमामा मङ्सिर ६ देखि योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो।

योग्य संस्थागत लगानीकर्ताले आज आइतबार कार्यालय समयसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आवेदन दिन सक्ने छन् । कम्पनीको आईईओमा मङ्सिर ८ गते शुक्रबारको कार्यालय समयसम्ममा ४ वटा योग्य संस्थागत लगानीकर्ताहरुले आवेदन दिएका छन्।  अधिकांशले आज मङ्सिर १० गते नै आवेदन बुझाउने आँकलन गरिएको छ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको छ।  कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् ।

यहि नियमका कारण यस अघि नै आशय मूल्य पेश गरेका केहि योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन नदिने भएका छन्  । आशय मूल्य पेश गर्दाको समयको तुलनामा अहिले बजारको स्थिति बदलिएको र त्यसले मुल्यमा पनि प्रभाव परेको भन्दै आशय मूल्य पेश गरेका  केहि योग्य संस्थागत लगानीकर्ताले आवेदन नदिने भएका हुन् ।  

 सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो।  

योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने ब्यबस्था छ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । १५ महिनापछि कम्पनीले अनुमति पाएको हो । सर्वोत्तम बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी बनेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved