नेपालमा अझै पनि धेरै घरपरिवारले खाना पकाउनको निम्ति काठ र दाउराको प्रयोग गर्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकमा उल्लेख भएअनुसार मुलुकमा रहेका कुल ६६ लाख ६० हजार ८४१ घरपरिवारमध्ये ५१ प्रतिशत घरपरिवारले खाना पकाउनको निम्ति काठ, दाउराको प्रयोग गर्ने गरेका छन् ।
सार्वजनिक तथ्यांक अनुसार २९ लाख ४९ हजार ९९५ घरपरिवार अर्थात् ४४.३ प्रतिशतले खाना पकाउनको निम्ति एलपी ग्यासको प्रयोग गर्ने गरेका छन् । त्यस्तै ०.५ प्रतिशत घरपरिवारले मात्र विजुलीको प्रयोग गरेर खाना पकाउने गरेका छन् ।
२.९ प्रतिशत घरपरिवारले गुइँठा या गोरहा, १.२ प्रतिशत घरपरिवारले वायोग्यास, ०.०५ प्रतिशतले मट्टीतेल र ०.१ प्रतिशतले मात्र अन्य विकल्पको प्रयोग गरेर खाना पकाउने गरेका छन् ।