'कमोडिटी एक्सचेन्ज संचालनमा आएपछि हाम्रो व्यवसाय वृद्धि हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 09:54:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयरहाउजिङ्ग कम्पनी कृषि उत्पादनसँग सम्बन्धित कम्पनी हो । वैज्ञानिक भण्डारण प्रविधि मार्फत किसानले उत्पादन गरेको मकै, गहुँ र भट्मास लगायतका अन्नलाई सुरक्षित तरिकाले राख्ने र किसानलाई आवश्यक पर्दा फिर्ता गरिदिने गरि भाडा लिएर सेवा दिने उद्योग हो ।

यो उद्योगमा जो सुकैले पनि आफ्नो सामान ल्याएर भण्डारन गर्न सक्छन् । किसान, संकलन कर्ता, खरिद कर्ता र उद्योगी व्यवसाय विशेष गरेर खाद्य उद्योग र दाना उद्योग सँग सम्बन्धित व्यक्तिहरु छन्, उनीहरुले पनि आफ्नो सामानलाई भण्डारण गरेर राख्न सक्नेछन् । 

भण्डारण भएको समानहरु किराले खाने हो कि, घुन लाग्ने हो की, बिजेर बिग्रने हो कि जस्ता चिन्ता लिनु पर्दैन । त्यसको उपचार गर्ने जिम्मा कम्पनीले लिएका हुन्छौँ । सामान राख्ने मानिसहरुको बीमा पनि कम्पनीले गरिदिन्छौँ । उनीहरुले बीमा गर्नु पर्दैन।   त्यसैले वैज्ञानीक तरिकाले उद्योगी, व्यवसायी, किसान र संकलन कर्ताहरुलाई सेवा उपलब्ध गराउने उद्देश्यले यो कम्पनी खडा भएको हो। 

कम्पनीले पूर्णतः स्वचालित वैज्ञानिक तवरबाट खाद्यान्नको सुरक्षित भण्डारण गर्ने, पोष्ट हार्भेष्ट सुविधाहरु प्रदान गर्ने, स्वचालित प्रविधिको माध्यमवाट खाद्यान्नको सफाई, केलाई गर्ने,  भण्डारण गरिएको अन्नहरूको धितोमा कृषक तथा व्यवसायीहरूलाई ऋण प्रवाहको लागि सहजीकरण गर्ने, मण्डी बजार व्यवस्थापन गर्ने, थोक परिमाणमा ढुवानी गर्ने, एकिकृत कृषि सुविधा प्रदान गर्ने, कृषकलाई आवश्यक पर्ने बिऊ बिजन, मलखाद, औषधि, उपकरण तथा अन्य आवश्यक बस्तु तथा सेवाहरु एकै ठाँउबाट सरल,सहज र सुलभ तरिकाबाट उपलब्ध गराउने लगायतका कार्य उपलब्ध गराउछ ।

सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्‍न भण्डारण गृहहरु छन् । ती गृहहरुले कृषकबाट कृषि वस्तु संकलक, खाद्यान्‍न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

सुनसरीमा एउटा साइलो ५ हजार मेट्रिक टनको हिसाबले १५ हजार मेट्रिक टनका ३ ओटा साइलो छ । पर्सामा २५ हजार मेट्रिक टनको ४ ओटा साइलो छन् । ७ हजार ५ सय मेट्रिक टनका २ ओटा र ५ हजार मेट्रिक टनको २ ओटा गरेर ४ ओटा साइलो छन् । साइलो भनेको स्टीलको भन्डार हो । यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार टन क्षमताको साइलो जडान भइरहेको छ । सो समेत पुस महिनासम्ममा सञ्‍चालनमा आउने छ ।

वित्तिय अवस्थाको हकमा यो नयाँ व्यवसाय हो । हामीले प्रक्षेपण के गरेका छौँ भने हाम्रो प्रति शेयर आम्दानी आव ७९/८० मा ८ रुपैयाँ ८७ पैसा हुन्छ भनेर भनेका छौँ । आव ८०/८१ मा प्रति शेयर आम्दानी घटेर  ५ रुपैयाँ ५२ पैसा पुग्ने र आव ८१/८२ बाट बढेर १६ रुपैयाँ ११ पैसा भई विस्तारै बढ्दै जाने प्रक्षेपण गरेका छौ । त्यसपछि आव ८२/८३ मा प्रति शेयर आम्दानी १७ रुपैयाँ ३४ पैसा हुने प्रक्षेपण छ । त्यसैगरी प्रति शेयर नेटवर्थ पनि आव ७९/८० मा ८५ रुपैयाँ ५५ पैसा थियो भने आव ८२ /८३ सम्म पुग्दा १ सय १२ रुपैयाँ ४१ पैसा नेटवर्थ हुन्छ भन्ने हाम्रो प्रक्षेपण छ । 

कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९% रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।

नेपाल धितोपत्र बोर्डले छिट्टै कमोडिटी एक्सचेन्ज संचालनमा ल्याउने तयारी गरेको छ। कमोडिटी एक्सचेन्ज संचालनमा आएपछि हाम्रो व्यवसाय बढ्न गइ आम्दानी पनि बढेर समग्र वित्तीय सूचकहरुमा सुधार आउने छ। 

उपभोक्ताले यो कम्पनीलाई विश्वास गरेका छन् । सुनसरीको क्षमता १५ हजार मेट्रिक टन थियो । त्यहाँ पहिलो वर्षमा नै थोरै मानिसहरुलाई यस कम्पनीको विषयमा जानकारी हुदाँ हुदै पनि हामीले लगभग ४ हजार मेट्रिक टनको भण्डारण गर्न सकेका थियौ । त्यसकारण हामी के कुरामा विश्वस्त छौ भने उपभोक्ताले यो कुराको अनुभव गरे पछि यो त ठिकै रैछ भनेर विश्वास गरेका छन् । 

हामीले उनीहरुलाई हाम्रो सर्भिसको कस्तो छ भनेर सोध्दा हामीले ठुलो चिन्ता र समस्याबाट नै छुटकारा पाएका छौ भन्ने जस्ता प्रतिक्रिया आउने गरेका छन् । 

भण्डारण गरिएको अन्नहरुको धितोमा कृषक तथा व्यवसायीहरुलाई ऋण प्रवाहको लागि सहजीकरण गर्न हामीले विभिन्न बैंकहरु सँग कुरा राखेका छौँ । कुनै कुनै बैकले चासो दिएका छन । कुनैले मतलब गरेका छैनन् । र कम्पनीकै हातामा भएका वित्तीय संस्चाबाट उपरोक्त सुविधा उपलब्ध गराउछौँ । 

हामीले प्रत्येक युनिटमा एक एक ओटा वल्कर ट्रकहरु तयार गरेका छौँ ।  वल्कर ट्रक अटोमेटेड सिस्टमबाट जस्तैः कुनै व्यावसायी अथवा किसानले राखेको सामान फलानो दिन डेलिभरी गरिदिनु पर्यो भनेको अबस्थामा हामीले डेलिभरी गछौँ ।  कसैले मलाई बोरामा अथवा कम्पनीको वल्करबाट त्यसलाई ल्याएर शिधै मेरो फ्याक्ट्रिमा खन्याईदिनु भनेको अवस्था छ भने हामीले पेट्रोल र डिजेल ढुवानी गर्ने ट्रक जस्तै सिस्टम छ । त्यसमा माथिबाट ट्रकको प्वाल खस्ने अनि त्यसले ठाउँमा लगेर ढुवानी गरेर एकै चोटीमा अनलोड गर्ने गर्छ । यसमा कामदार चाँहिदैन । ड्राइभर र एक जना सह चालक भयो भने ठाउँमा डेलिभेरी हुन्छ । र त्यसबाट हामीले भाडा लिन्छौँ । 

कम्पनीले हाललाई मकै, गहु र भटमासको मात्रै भण्डारण गर्न सक्ने प्रविधि भित्राएको र आगामी दिनमा धान लगायतका अन्य अन्न तथा स्थानिय स्तरमा उत्पादन हुने कृषियोग्य बस्तुको भण्डारण गर्न सक्ने प्रविधि विस्तार गर्ने योजना रहेको छ । साथै अन्य प्रदेशमा समेत उपलब्ध खाद्यान्न भण्डारण गर्न उपयुक्त प्रविधि सहितको शाखा विस्तार गर्ने योजना बनाएका छौँ । 

आईपीओ बाट आएको १३ करोड ७५ लाख हामीले निर्माणको लागि नै खर्च गर्छौ । हामीलाई अहिले यतिनै पैसाको खाचो छ । यसले हाम्रो कपिलवस्तुको प्रोजेक्टको काम कम्प्लीट हुन्छ । 

अन्न भण्डारण व्यवसायमा साइलो प्रविधिबाट सर्वसाधारण प्रयोजनको लागि व्यापार व्यवसाय गर्ने यो पहिलो कम्पनी हो । हामी गदैँ सिक्दै  गर्दैछौ । त्यसैले प्रतिस्पर्धा नरहेको यस क्षेत्रमा हाल सम्म नेपालमा कुनै स्थापित गुणस्तर र मापदण्ड कायम भएको छैन । यसर्थ कम्पनीले भारतमा विगत लामो समयदेखि यस प्रकृतिको व्यवसाय सञ्चालन गरी अनुभवसिद्ध संस्था नेशनल कमोडिटी म्यानेजमेन्ट सर्भिसेज लिमिटेड संग सन् २०१९ सालमा नेपालमा परियोजना भएको इन्भेष्टमेन्ट समिटमा सम्झौता गरी सो लिमिटेडबाट हामीले प्राविधिक परामर्श लिरहेका छौँ । यो क्षेत्रमा पहिले हामीले अनुभव लिएपछि अब अरुलाई सिकाउछौँ । 

सुरु सुरुमा यो कसरी चल्ला र यो कस्तो होला ? भन्ने हुन्छ । तर विस्तारै आफ्नो ठाउँ आफै बनाउने हो । सुरुमा सोचेजस्तो आयआर्जन नहोला तर कमोडिटी एक्सचेन्ज आएसकेपछि हाम्रो कम्पनीको भविष्य राम्रो छ ।

( नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालसँगको कुराकानीमा आधारित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved