युनिलिभर नेपालको १५८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 08:42:46 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ११ गते अन्तिम दिन रहेको छ   कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । 

कम्पनीको असोज २६ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०  बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ 

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

नेप्सेमा सुचिकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो । हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता ४२ हजार ९ सय रुपैयाँ रहेको छ। लाभांश घोषणा गर्नु अगाडीको अन्तिम दिनसम्म कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५ हजार २ सय १० रुपैयाँ रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved