हिमालयन रिइन्स्योरेन्सको आईपीओ विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2023 | 05:12:43 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आज न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले सबै विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो।

दुवै पक्षसँग छलफल पछि अदालतले निवेदकको आदेश बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे थप आदेश दिने छ । गत  शुक्रबार यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाईएको छ। नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको थियो ।

 हाल हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई मङ्सिर ४ बाट आईपीओ बिक्री खुला गरेको हो।   कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । यस निष्काशनमा म्ङ्सिर १८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले  सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ  । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । 

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो ।

हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved