फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 10:06:26 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १३ गते बुधबार  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९ सय ५६ रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved