होटेल क्राउन इम्पेरियल चलाईरहेको अर्किड होल्डिङ्सले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 01:58:15 PM मा प्रकाशित

laxmi  sunrise bank

होटेल क्राउन इम्पेरियल संचालन गरिरहेको अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १३ गते बोर्डमा आवेदन दिएको हो 

कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कितात शेयर निष्काशन गर्नानुमति माग गरेको हो । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

कम्पनीले मिति २०७६।०३।१३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved