सर्वसाधारणलाई आईपीओ निष्काशन गरेका मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ बाँडफाँड मिति तय गरेका छन् । जस अनुसार मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आगामी मंगलबार र नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ ।
मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
त्यस्तै नेपाल वेयरहाउजिङ्ग कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको छ । आईपीओ निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।