माण्डु हाइड्रोपावरको संचालकमा बरुण श्रेष्ठ चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 05:11:05 PM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडको संचालकमा बरुण श्रेष्ठ चयन भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले सर्वसाधारण समुह तर्फको संचालक पदमा बरुण श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

सो साधारणसभाले आ.व. २०७९ / ०८० को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले सर्वसाधारणलाई शेयर निश्कासन पछि कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved