मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, ६१ हजार जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 10:23:34 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ  । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ४० हजार १ सय ९९ जनाको आवेदन परेको थियो  । जस मध्ये १२ लाख ७८ हजार ८ सय ६७ जनाको आवेदन मात्र योग्य भएको छ  । यस हिसाबमा ६१ हजार ३ सय ३२ जनाको आवेदन रद्द भएको छ । 

 माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । जस बाट १ लाख १४ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन्  ।  बाँकि आवेदक भने हात खाली भएका छन्  । 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो । 

 कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरि बाँडफाँड सकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी  अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।  

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved