हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा हाल सम्म कै उच्च आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 10:02:29 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा हालसम्म कै उच्च आवेदन परेको छ । कम्पनीका अनुसार आईपीओमा ३४ हजार २ सय ११ जनाबाट ४५ लाख ८४ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको हो ।

 श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा परेको यो आवेदन हालसम्म कै उच्च हो । कम्पनीले मङ्सिर ४ देखि मङ्सिर १८ गतेसम्म  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजबाट आईपीओ बिक्री खुला गरेको थियो।

  कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले  सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ  । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । 

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved