सर्वसाधारणलाई प्रिमियममा हिमालयन रिइन्स्योरेन्सको आईपीओ मङ्सिर २७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 08:50:33 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मङ्सिर २७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने  छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिसकेको छ । सो आईपीओमा  ३४ हजार २ सय ११ जनाबाट ४५ लाख ८४ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो  ।  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा परेको यो आवेदन हालसम्म कै उच्च हो ।  

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved