स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:58:35 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न भएको छ। आज मङ्सिर २४ गते आइतबार आर्मी अफिसर्स क्लबमा बैंकले साधारणसभा गरेको हो।

साधारणसभाले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन,  लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/८० को वार्षिक वित्तीय विवरण, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गरेको छ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्ताव पारित गरेको छ  ।

साधारणसभाले बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन / थप गर्ने र प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेर बदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved