समता घरेलु लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 10:05:45 AM मा प्रकाशित

समता घरेलु लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ५.४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ । 

शेयर संरचना अनुपात ७०:३० (संस्थापक : सर्वसाधारण) कायम गराउने उद्देश्यले नपुग शेयर रु. ३,३२,८५,६००/- बराबरको शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन (FPO) सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा संचालन प्रयाजनार्थ बुक क्लोज भन्दा अगावै उक्त शेयर समायोजन भए समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved