ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ६१ करोड ८९ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।