नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 01:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव सहित पुस २१ गते साधारणसभा आह्वान गरेको छ 

कम्पनीको साधारणसभामा पेश हुने विशेष प्रस्तावमा कम्पनीको रिक्त संचालक पद नियुक्त गरी संचालक लगत प्रमाणित गर्ने, सहायक कम्पनीहरु स्थापना गर्ने, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्रको दफा ४ को खण्ड (च) हटाउने, कम्पनीको नाम परिवर्तन गर्ने, कम्पनीको सर्बसाधारणको लागी शेयर (आईपिओ) जारी गर्ने , कम्पनीको पुँजी वृद्धि गर्ने, आईपिओ जारी गर्न मौजुदा प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपर्ने भए सो समेत समावेसगरी आवश्यक सम्पूर्ण कार्य गर्न प्रस्ताव पेश हुने छन्

त्यस्तै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयको निर्देशनबमोजिम कुनै निर्णय वा कागजात तयार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र मर्जर तथा प्राप्ती सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पेश हुने छन् ।

 यो कम्पनी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा संचालक हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved