राष्ट्र बैंकको निर्देशन पछि साना किसान विकास लघुवित्तको लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 10:49:04 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्तले लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ  ।

कम्पनीले यस अघि  आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । राष्ट्र बैंकको निर्देशनपछि लाभांश संशोधन गरिएको कम्पनीले उल्लेख गरेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३३ करोड १६ लाख रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved