नेपाल फाईनान्सको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 09:13:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २० गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१.सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षण प्रतिवेदन सहितको आ.ब. २०७९/०८० को वासलात २०७९/०४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण (संलग्न अनुसूचीहरु सहित) को छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०८०/०८१ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक एस. ए. आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)

विशेष प्रस्तावः

१. संस्थाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (Merger) तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा संस्थाको चल-अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन (Due Diligence Audit - DDA ) गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved