बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 10:01:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजनेश ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेड अर्थात् बिग ईण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २४ गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभामा पेश हुने विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने पस्ताव उल्लेख छ । 

साधारण प्रस्तावमा आ.व. २०७९/०८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आ.व. २०७९/०८० को लेखा परिक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व.२०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  र संचालकको नियुक्ति अनुमोदन गर्ने उल्लेख छ। 

यस कम्पनीका अध्यक्ष सीए नवराज बुर्लाकोटी हुन् । कम्पनीमा अम्बिका पौडेल, बाबुकाजि कार्की, डोल प्रसाद अर्याल, मिनराज कंडेल लगायतको लगानी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved