मन्दाकिनी हाइड्रोपावरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 10:06:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्दाकिनी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाबहंश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ । कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीले कास्कीको सार्दी खोला मै ४ मेगावाटको सार्दी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि व्यापारिक उत्पादन गरिरहेको छ। त्यस्तै गत  मङ्सिर १३ मा  माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको छ । पीपीए भएसंगै कम्पनीको आयोजना अब निर्माण चरणमा जाने छ । २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना कास्कीमा रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved