पुरै बिक्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 05:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ पुरै बिक्री भएको छ। आज आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको हो।

आज साँझ ५ बजेर ८ मिनेटसम्ममा कम्पनीको आईपीओमा १४ लाख ६० हजार १ सय १७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएका हुन् । यस संगै कम्पनीको शेयर पुरै बिक्री भएको हो ।

आज मात्र कम्पनीले सेयरमा पर्याप्त आवेदन नपरेपछि पुस ११ गतेसम्मका लागि म्याद थप गरेको थियो । यद्यपि माग भन्दा बढीको आवेदन परेमा सो अगावै सर्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ । सोहि अनुसार कम्पनीको आईपीओ बिक्री सोमबार बन्द हुन सक्छ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको हो। 

हिमालयन रि नेपालको निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved