जीवन विकास लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 09:30:52 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved