सगरमाथा जलविद्युतको साधारणसभा आह्वान , हकप्रद निष्काशन र मर्जरको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2023 | 08:52:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते बुधबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभाको विशेष प्रस्तावमा कम्पनी गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने  प्रस्ताव लैजाने भएको छ। त्यस्तै १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कम्पनीमा लगानी गर्ने विशेष प्रस्ताव पेश हुने छ।

साधारण प्रस्ताव अन्तर्गत संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, र आ.व.२०८०/०८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ। त्यस्तै संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, संचालकबाट काम कारवाही अनुमोदन गर्ने र सर्वसाधारण समुहबाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बिहिबार बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved