महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 10:03:37 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ६.४० प्रतिशत  नगद लाभांश लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved