लक्ष्मी सनराइज बैंकको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 09:16:10 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी सनराइज बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस २६ गते साधारणसभा आह्वान गरेको हो।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १९ गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।  

 सामान्य प्रस्ताव

१. तेइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने ।

३. बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०६०/०८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री पि.के.एफ. टि. आर. उपाध्या एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ) ।

४. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.३७ प्रतिशतका दरले रु. ७,९८,३७,७१८.०० (अक्षरेपि रु. सात करोड अन्ठानब्बे लाख सैंतिस हजार सात सय अठार मात्र) बराबर नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने ।

विशेष प्रस्ताव

१. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ७ प्रतिशतका दरले रु. १,५१,६९,१६,६५०.०० (अक्षेरपि रु एक अर्ब एकाउन्न करोड उनान्सत्तरी लाख सोह्र हजार छ सय पचास मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।

२. उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।

३. बुँदा नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संसोधन / समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने ।

विविध

बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक शेयरधनीको तर्फबाट २ (दुई) जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved