इन्स्योरेन्स इन्स्टिच्युट नेपालको साधारणसभा आह्वान, नाम परिवर्तन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 11:25:51 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्स्योरेन्स इन्स्टिच्युट नेपालले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पौष २७ गते दिनको २ बजेका लागि सभा आह्वान गरेको हो।

साधारणसभामा कम्पनीको नाम र ठेगाना परिवर्तनको प्रस्ताव पेस हुनेछ ।  हाल रहेको नाम 'इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि'लाई परिवर्तन गरी 'इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल' बनाउने प्रस्ताव पेश हुने भएको हो।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताब

१) संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आ।व ०७९/८० को बार्षिक प्रतिबेदन पेश गर्ने ।

२) लेखापरिक्षकको प्रतिबेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त भएको आ।ब।०७९/८० को आय व्यय हिसाब, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सहित अध्यक्षज्यूको प्रतिबेदन स्वीकृत गर्ने ।

३) लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ।व। २०८०/८१ को लेखापरीक्षक श्री Shrestha & Neupane Associates लाई नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक चयन गर्ने ।

विशेष प्रस्ताव :

१)इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

२) नाम संशोधन गर्ने इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि। रहेको नामलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नाम रहने गरी सामान्य संशोधन गर्ने सम्बन्धमा ।

३) ठेगाना परिवर्तन गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved