१५९ कम्पनीको शेयर मूल्य घट्दा आधा दर्जनमा सकारात्मक सर्किट, शिवम र सोनापुरको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2024 | 03:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ८.७५ अंकले घटेर २०६०.१५  को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका ३०६ कम्पनीका १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक २० करोड १३ लाखको कारोबार भएको छ भने सोनापुर सिमेन्टको २० करोड १२ लाखको कारोबार भएको छ । त्यस्तै हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख तथा सानिमा जिआईसी इन्स्योरेन्सको १० करोड ८२ लाखको कारोबार भएको छ ।

आज सीईडिबि हाइड्रो र चिर्खुवा हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल वेयरहाउजिङ कम्पनी र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत तथा हिमालयन हाइड्रोको शेयर मूल्य ९.९४ प्रतिशत बढेको छ ।

आज मोलुंग हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ भने मनकामना इन्जिनियरिंगको शेयर मूल्य ६.५९ प्रतिशत घटेको छ । त्यस्तै मैलुंग खोला हाइड्रोको शेयर मूल्य ६.५५ प्रतिशत तथा तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ६.५१ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये १५९ कम्पनीको शेयर मूल्य गह्तेको छ भने ७७ कम्पनीको मूल्य बढेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved