१ अर्बको 'कुमारी सबल योजना' ल्याउँदै कुमारी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 03:30:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले १ अर्बको म्युचुअल फण्ड संचालनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले पुस १ गते क्यापिटललाई कुमारी सबल योजना नामक बन्दमुखी सामुहिक लगानी कोष योजना संचालनको लागि अनुमति दिएको हो 

यस योजनाको आकार १ अर्बको रहेको छ । क्यापिटलले यस योजनामा प्रति इकैई १० रुपैयाँका १० करोड इकाई निष्काशन गर्ने छ । 

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र 'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved