हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे परेको रिटमा सर्वोच्चमा अर्को साता सुनुवाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 06:12:58 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओको विषयमा सर्वोच्चमा परेको रिटमा अर्को साता सुनुवाई हुने भएको छ। यस रिटमा पुस १६ गते सोमबार पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । अब यस रिटमा पुस २३ गते सोमबार सुनुवाई हुने गरि सर्वोच्च अदालतले पेशी तोकेको छ।

कम्पनीको आईपीओ रोक्न माग गर्दै मङ्सिर ८ गते  यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा मङ्सिर ११ गते   न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले सबै विपक्षीलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। त्यसपछि ३ पटक पेशी तोकिए पनि सो रिट हेर्न नभ्याइनेमा पर्दै आएको छ । यस बीचमा कम्पनीले आईपीओ निष्काशन गरि शेयर बाँडफाँड पनि गरिसकेको छ । 

 उक्त रिटमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाईएको छ। नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको थियो । तर अब भने आईपीओ निष्काशन गरि शेयर बाँडफाँड पनि भईसकेको छ । 

 हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved