डिम्याट खातामा आयो हिमालयन रिइन्स्योरेन्सको शेयर, एचआरएल सिम्बलबाट कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 08:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलबार कम्पनीको शेयर डिम्याट खातामा आएको हो ।

शेयर  खातामा आएसंगै यी शेयर नेप्सेमा सुचिकृत भएपछि सुचिकृत बह्येको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने छ । आर्थिक वर्ष ७८/७९ को वास्तविक विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको एचआरएल (HRL) सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ।  यस संगै  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्ने छ  । 

हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved