यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 09:04:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १८ गते बुधबार ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका ७  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 आज पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने  छन्  ।

हेर्नुस् कुनको साधारणसभा कहिले ? कति दिंदैछन् लाभांश:

लक्ष्मी सनराइज बैंक: ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २६ मा साधारणसभा ।

मुक्तिनाथ विकास बैंक: ९.७५ प्रतिशत बोनस शेयर र ०.५१३२  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।

महालक्ष्मी विकास बैंक: ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २८ मा साधारणसभा ।

ग्लोबल आईएमई लघुवित्त : १० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।

शिवम सिमेन्ट: १४.२५  प्रतिशत बोनस शेयर र ०.७५  प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २७ मा साधारणसभा ।

नेपाल टेलिकम: ४० प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा ।

बुटवल पावर कम्पनी: ५ प्रतिशत नगद लाभांश प्रस्ताव। पुस २९ मा साधारणसभा । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved