नागरिक लगानी कोषले सर्वोत्तम सिमेन्टको ४ लाख कित्ता शेयर पायो, अन्यले कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 01:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

४० वटा योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) ले सर्वोत्तम सिमेन्टको शेयर पाएका छन् । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत्  पहिलो चरणमामा  योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको थियो।

सर्वोत्तम सिमेन्टले क्युआईआईलाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कुन योग्य संस्थागत लगानीकर्ताले कति कित्ता शेयर पाए भन्ने विवरण अहिले बल्ल सार्वजनिक भएको हो । जस अनुसार नागरिक लगानी कोषले सबैभन्दा बढी शेयर पाएको छ । कोषले ४ लाख कित्ता शेयर पाएको छ । 

त्यस्तै सिटि एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्ट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रा.लि, र  नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले समान २ लाख ७१ हजार २ सय ३१ कित्ता शेयर पाएका छन्  । कामना सेवा विकास बैंकले २ लाख कितात शेयर पाएको छ भने प्रभु सेलेक्ट फण्डले १ लाख २४ हजार ३ सय १४ कित्ता शेयर पाएको छ  ।

सबै भन्दा कम शेयर सम्पन्न क्यापिटल एण्ड एड्भाईजरी नेपालले पाएको छ। उसले २८४ कित्ता शेयर पाएको हो। त्यस्तै सानीमा लार्ज क्याप फण्डले ५६५ कित्ता र  समृद्धि फाइनान्सले ५६५ कित्ता शेयर पाएका छन् ।

योग्य  संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गरिएको हो । 

कुमारी क्यापिटल र कुमारी क्यापिटलले संचालन गरेका २ वटा म्युचुअल फण्डले सबैभन्दा महँगो मूल्यमा बोलपत्र पेश गरेकजा थिए । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि बोलपत्र पेश गरेका थिए। यी ३ वटैले ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका थिए। जुन सबैभन्दा महँगो थियो। नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेश गरेको थियो । 

कट अफ मूल्य ४०१ कायम भएकोले सो भन्दा बढी मूल्य हाल्नेले पनि ४०१ मै शेयर पाएका छन् । ४०१ भन्दा माथिमा आवेदन दिनेले मागे जति शेयर पाएका हुन्  ।  कट अफ मूल्य ४०१ मा  आवेदन गर्ने योग्य संस्थागत लगानीकर्ताहरुले समानुपातिक रुपमा शेयर पाएका हुन् । 

हेर्नुस् कसले कति शेयर पाए ?



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved