रमेश हमालको कार्यकाल सकियो, धितोपत्र बोर्डले गर्यो विदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 01:57:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएको छ। उनको कार्यकाल आज २०८० पुस २० गतेबाट सकिएको हो ।

कार्यक्रल सकिएसंगै आज धितोपत्र बोर्डले उनको औपचारिक विदाई गरेको छ । बोर्डले टोकन अफ अप्रिसिएसन प्रदान गर्दै उनको विदाई गरेको हो ।

उनी २०७८ फागुन ५ गते अध्यक्ष नियुक्ति भएका थिए । सरकारले भिष्मराज ढुंगानालाई बर्खास्त गरेपछि ढुंगानाको बाँकि रहेको कार्यकालको हमाल अध्यक्ष नियुक्ति भएका थिए । सोहि कारण उनको कार्यकाल २२ महिना मात्र भएको हो ।

अध्यक्ष हमाल पुस ११ देखि १७ गतेसम्म फोर्स लिभ अंतर्गत१ साता विदामा बसेका थिए । त्यसपछि उनी पुस १८ गते बोर्डको नियमित काममा हाजिर भएका थिए । आफ्नो कार्यकालको अन्तिमसम्म बोर्ड कै काममा रहेर उनी बोर्डको अध्यक्षबाट विदा भएका हुन्।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved