जाँदाजाँदै लगानीकर्तालाई रमेश हमालको संदेश 'रूपान्तरणमा एक दियो बालेको छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 02:45:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएको छ। उनको कार्यकाल आज २०८० पुस २० गतेबाट सकिएको हो । कार्यकाल सकिएसंगै आज धितोपत्र बोर्डले उनको औपचारिक विदाई गरेको छ । बोर्डले टोकन अफ अप्रिसिएसन प्रदान गर्दै उनको विदाई गरेको हो ।

उनी २०७८ फागुन ५ गते अध्यक्ष नियुक्ति भएका थिए । सरकारले भिष्मराज ढुंगानालाई बर्खास्त गरेपछि ढुंगानाको बाँकि रहेको कार्यकालको हमाल अध्यक्ष नियुक्ति भएका थिए । सोहि कारण उनको कार्यकाल २२ महिना मात्र भएको हो ।

जाँदा जादै अध्यक्ष हमालले लगानीकर्ताको लागि छोटो संदेश दिएका छन् । सार्वजनिक भूमिकामा विल्कुल नयाँ अनुभव र प्रयास गर्ने गरी बोर्डमा आएकोमा रूपान्तरणमा एक दियो बालेर विदा भएको उनले उल्लेख गरेका छन् । आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैं नै प्रयत्नशील रहिरहने प्रतिवद्दता उनले जनाएका छन् ।

यस्तो छ उनको संदेश जस्ताको तस्तै 

२०७८ फाल्गुन ५ गते नेपाल धितोपत्र बोर्डको अध्यक्षको रूपमा मेरो यात्रा सुरु भएको थियो ।

यस यात्राको क्रममा नेपालको दीर्घकालिन आर्थिक समृद्धिमा सहयोगी हुने कयौं सकारात्मक सुधारका प्रयास शुरु भएका छन् । स्टार्ट अप ( Start-Up ) तथा उद्यमशिलता विकास र पूँजी निर्माणको सबलीकरण एवम् एसएमइ (SMEs) Eco-systems को माध्यमले एक नयाँ आयाम सिर्जना गर्नेछ । सुशासन, प्रतिस्पर्धा र गुणवत्ता (Meritocracy) को वातावरण मार्फत बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने र उच्चतम जवाफदेहिता राखी कानून कार्यान्वयको स्थिरताबाट लगानीकर्ताको हित संरक्षणमा निरन्तरता दिनुको साथै विशेषगरी "स्तुतिको संस्कार (Culture of Glorification)" बाट "कार्यसम्पादन संस्कार (Culture of Performance)" को रूपान्तरणमा एक दियो बालेर आज २०८० पुस २० गते यो यात्रा समाप्त भइरहेको छ।

यस यात्रामा तपाईहरुको अमूल्य सुझाव, सदभाव तथा सहयोगका लागि कृतज्ञ छु । आगामी दिनमा सार्वजनिक भूमिकामा नरहे पनि एक सचेत नेपाली नागरिकको रुपमा नेपालको आर्थिक र सामाजिक विकासमा सधैं नै प्रयत्नशील रहिरहने छु ।


धन्यवाद ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved