कार्ययोजनामा उल्लेख गरिएका ७ वटा काम पुरा गर्न सकिएन: रमेश हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 02:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ७ वटा कार्य आफुले पुरा गर्न नसकेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिमदिन आज आफ्नो कार्यकाल अवधि भर भएका कार्य प्रगति सार्वजनिक गर्दै उनले बोर्ड अध्यक्षको नियुक्तिका क्रममा पेश गरिएको कार्ययोजना अनुरुप ७ वटा कार्य सम्पन्न गर्न नसकिएको बताएका हुन् ।

जसमा बोर्डको लागि जग्गा खरिद गरि भवन बनाउन नसकिएको, नयाँ धितोपत्र औजारहरु ल्याउन नसकिएको, सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकिएको लगायत रहेका छन्।

हेर्नुस् अध्यक्ष हमालले पुरा गर्न नसकिएको भनी उल्लेख गरेका ७ विषय : 

१. साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोवार सम्बन्धी नियमावली तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयमा २०८० जेठ ७ मा पेश गरिएकोमा सो नियमावली नेपाल सरकारबाट स्वीकृत भै नसकेकोले सो कार्यान्वयनमा ल्याउन नसकिएको ।

२. धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भैरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरुको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने कार्य गर्न नसकिएकोले Digital Platform र Paperless Administration System लागू गर्न नसकिएको ।

३. धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका AI Based एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली (Integrated Automated Market Surveillance System) को विकास तथा कार्यान्वयन ल्याउन नसकिएको ।

४. धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ताहरु तथा अन्य सरोकारवाला पक्षहरुबाट बोर्डमा प्राप्त हुने गुनासो र उजुरीहरुको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एप सहितको केन्द्रिकृत गुनासो सुनुवाई प्रणाली (Centralized Grievance Handling System) को व्यवस्था गर्न नसकिएको ।

५. बोर्डको जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण गर्ने कार्य गर्न नसकिएको ।

६. नयाँ धितोपत्र औजारहरुको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने क्रममा मार्जिन लेन्डिगं सम्बन्ध अध्ययन भईसकेको भएतापनि पूर्ण कार्यान्वयनमा मार्जिन कारोबार Short Selling, Intra Day Trading, Auction Market र Securities Lending and Borrowing को व्यवस्था गर्न नसकिएको ।


७. सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकिएको ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved