सन सेक्युरिटिजद्वारा शेयर बजार सम्बन्धी तालिम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 06:44:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 सन सेक्युरिटिज प्रा.लि.ले शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ ।   बिहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा सचेतना तथा तालिम कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार दुवै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुले शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम लिनुका साथै लगानीकर्ताहरुसँग रहेका शेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो । 

तालिम कार्यक्रम सन सेक्युरिटज प्रा.लि.मा आयोजना गरिएको थियो । सो कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीका साथै प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा रबि बुढाथोकीले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सैयम बज्राचार्यले गरेका थिए । 

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.को कार्यालयमा यस्तै किसिमका लगानीकर्तालाई उपयोगी विषयवस्तु सहितको तालिम कार्यक्रम सञ्चालन गरिने बताए । 

यसै गरी सन सेक्युरिटिज प्रा.लि.को आयोजनामा स्किम्स कलेज, बालकुमारी मा समेत शेयर बजार सम्बन्धमा आधारभुत विषयहरु सहितको १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्किम्स कलेजका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको समापनमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.ले आगामी दिनमा अन्य कलेजमा समेत यस्ता कार्यक्रमहरुलाई नियमित रुपमा आयोजना गर्दै जाने सो तालिम कार्यक्रमका संयोजक सैयम बज्राचार्यले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved